कीर्तिपुर बस दुर्घटना अपडेट : घाइतेको सङ्ख्या ११ पुग्याे

रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा३ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा घाइते हुनेहरूको सङ्ख्या ११ पुगेको छ ।

दुर्घटना स्थलबाट उद्धार गरेर थप ८ जना घाइतेहरूलाई उपचारका लागि अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

दुर्घटनामा परेर प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको छ ।

घाइते हुनेमा नेपालगञ्ज घर भएकी २२ वर्षीया सुस्मा खड्का, बर्दिया घर भएका १८ वर्षीय रमित थापा, २० वर्षीय किशोर थापा, झापा घर भएका ध्रुब बुढाथोकी, डडेलधुरा घर भएका डमर खड्का र चन्दा बोहरा छन् ।

त्यस्तै नबिना खड्का, गंगाराम भट्ट र बाजुरा घर भएका २५ वर्षीय नरेशराज न्यौपाने छन् । उनीहरूको त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पतालमा उपचार हुँदै छ ।

बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामाका ट्रमा सेन्टरमा उपचार हुँदै छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *