वेस्ट इन्डिजविरुद्ध संकटमा नेपाल,पाँचौ विकेट पतन

काठमाडौँ । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपाल संकटमा परेको छ ।

दुई सय २८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १०० रन नजोड्दै आफ्नो पाँचौँ विकेट गुमाएको छ । नेपालले पाँचौँ विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल ११ बलमा एक छक्का र दुई चौकाको मद्दतले २० रन बनाउँदै आउट भएका हुन् ।

उनलाई क्यारेबियन टोलीका बलर ह्याडेन वाल्सले विसपद्वारा क्याच गराएका हुन् । १२.१ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले ९८ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *