सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

काठमाडौं । म्याचेस्टरले सिटी लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा गएराति वेस्टह्याम माथि ३-१ को जित निकाले र आर्सनललाई ​ २ अंकले पछि पार्दै सिटीले कीर्तिमानी जित निकालेको हो ।

इंग्लिस फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड टाउन, आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड र सिटी सहित ५ टोलीले लगातार ३ पटक इंग्लिस शीर्ष डिभिजनको उपाधि उचालेका थिए । तर लगातार चार पटक एउटै टोलीले लिग उपाधि जितेको भने पहिलो हो ।

अन्तिम खेलअघि सिटी आर्सनल भन्दा सिटी २ अंकले अघि थियो । सिटीले लिग उपाधि गुमाउन जित बाहेकको नतिजा ल्याउँदै आर्सनलले आफ्नो खेल जित्नुपर्ने थियो। तर सिटी भने चुकेन ।

गएराति नै भएको खेलमा आर्सनलले एभर्टनविरुद्ध २-१ को जित निकाले पनि उपाधिका लागि पर्याप्त भएन । ४०औं मिनेटमा एभर्टनविरुद्ध पछि परेको आर्सनलले नतिजा उल्टाएको थियो । इडरिसा गामा गेयले सोझै फ्रिकिक मार्फत गोल गर्दै आर्सनलविरुद्ध अग्रता दिलाएका थिए । तर, त्यसको तीन मिनेट पश्चात आर्सनलका ताकेहिरो टोमियासुले बराबरी गोल गरेका थिए । खेलको ८९औं मिनेटमा काई हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाएपनि त्यो उपाधिका लागि पर्याप्त हुन सकेन ।

सिटीले ३८ खेलमा २८ जित, ७ बराबरी र ३ हारसहित ९१ अंक बटुल्यो । आर्सनलले भने ३८ खेलमा २८ जित, ५ बराबरी र ५ हार सहित ८९ अंकमा दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । खेलमा लिभरपुल तेस्रो र एस्टनभिल्ला चौथो बने।  शीर्च चारमा रहेका टोली च्याम्पियन्स लिगमा छोनोट हुँदा पाँचौं स्थानको टोटनहमले युरोपा लिग खेल्नेछ । यस्तै लुटन टाउन, बर्नली र सेफिल्ड युनाइटेढ यो सिजन रेलिगेशनमा परे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *