जेठ दोस्रो सातादेखि उपत्यकाव्यापी ट्वान्टी–२० क्रिकेट हुने

काठमाडौँ । एनसिसिएस आमन्त्रमण उपत्यकाव्यापी ट्वान्टी–२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताको अन्त्यदेखि हुने भएको छ ।

भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा प्रतियोगिता १२ देखि १९ गतेसम्म हुने भएको हो । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ तीन टोलीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक भक्तपुर जिल्ला क्रिकेट संघले आइतबार पत्रकार सम्मेलनमार्पत प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगिताको सम्पूर्ण खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन् । पुरुषमा भक्तपुर क्रिकेट सेन्टर, भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टर, बल पार्क स्पोटर््स इभेन्ट एण्ड एकेडेमी ललितपुर, ग्रेट हिमालयन क्रिकेट एकेडेमी ललितपुर, क्रिकेट एक्ससिलेन्ट सेन्टर काठमाडौँ र ओसिस क्रिकेट एकेडेमी काठमाडौँ सहभागी हुनेछन् ।

पुरुषमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । महिलातर्फm काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला क्रिकेट संघको सहभागिता रहनेछ । यो डबल राउण्ड रोविनका आधारमा हुनेछन् र लिगका शीर्ष दुई टोलीले उपाधि यात्रा तय गर्नेछन् । महिला र पुरुष दुवै तर्फका विजेताले समान २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रत्येक खेल प्लेअर अफ दी म्याचले समान १५ सय पुरस्कार पाउनेछन् । बेस्ट बलर, बेस्ट ब्याटर र प्लेअर अफ दी सिरिजले पनि पुरस्कार पाउने आयोजकले उल्लेख गरेको छ । खेल प्रतिभा पहिचान गर्दै उनीहरूको प्रशिक्षण विकास र उपर्युक्त अनुकूल खेल वातावरण सिर्जना गर्न यो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *