वेस्ट इन्डिजविरुद्ध फिल्डिङ गर्दै नेपाल, दीपेन्द्रले कप्तानी गर्ने

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेलमा नेपालले टस हारेको छ । टस हारेर नेपालले फिल्डिङको निम्तो पाएको छ ।

आजको खेलमा दीपेन्द्रसिंह ऐरीले कप्तानको जिम्मेवारी सम्हाल्ने छन् ।

अघिल्ला खेलका कप्तान रोहितकुमार पौडेलसहित कुशल भर्तेल, सोमपाल कामी र प्रतिश जिसीलाई आज विश्राम दिइएको छ ।

आजको खेलमा लोकेश बम, विनोद भण्डारी, अनिल कुमार शाह, कुशल मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

यस सिरिजमा नेपाल र वेस्ट इन्डिज ए ले एक एक खेल जितेका छन् र सिरिज १–१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ए ले १० रनको जित हासिल गरेको थियो ।

यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । टी–२० विश्वकपको टिम छनौट गर्न यस सिरिजलाई नेपालले अभ्यास खेलको रूपमा लिएको छ । नेपालले टी– २० विश्वकपको टिम सम्भवतः आजै सार्वजनिक गर्दै छ । आज टी–२० विश्वकपको टिम सार्वजनिक गर्न आइसीसीले दिएको डेडलाइनको अन्तिम दिन हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *