कतारका राजा नेपाल अवतरण गर्ने बेलामा विमानस्थल आघा घण्टा बन्द हुने

कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुग्ने बेलामा आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ।

दुई दिने औपचारिक भ्रमणका क्रममा अल थानी सवार विमान अवतरण गर्ने बेलामा अन्य विमान आउजाउ गर्न नदिइने भएको हो।

अवतरणअघि १५ मिनेट र अवतरणपछिको १५ मिनेट अन्य जहाज उड्न र अवतरण गर्न रोक लगाइने त्रिभुवन विमानस्थलले जनाएको छ।

कतारका राजाको यो पहिलो राजकीय भ्रमण हो।

सरकारले मंगलबार सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *