पार्टी कार्यालय भवन निर्माण अभियानमा जुट्न एमालेको आह्वान

काठमाडौं । नेकपा (एमाले) ले पार्टीको केन्द्रिय कार्यालय निर्माण अभियानमा जुटन पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेको छ ।

आईतवार गोदावारीको सनराईज हलमा सम्पन्न पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन समारोहमा एमालेले पार्टीको केन्द्रिय कार्यालय भवन निर्माण अभियानका लागि रकम जम्मा गर्नका लागि क्युआर कोर्ड सार्वजनिक गर्दै सो प्रश्ताव गरेको हो ।

मुख्यतः पार्टी कार्यकर्ता र सहयोगीहरुबाट नै कार्यालय भवन निर्माण कार्य सम्पन्न गर्ने अभियान शुरु गरिएकाले त्यसमा साथ दिन पार्टीको सिंगो पंक्तिलाई आह्वान गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनले पार्टीको क्युआर कोर्डमा तत्काल रकम जम्मा गरी पार्टी कार्यालय भवनको पहिलो दाता बन्न पनि पार्टी पंक्तिलाई आग्रह गरे । नविकरण र पार्टी सदस्यता बिस्तार गर्दाखेरी प्रत्यक पार्टी सदस्यबाट सय रुपैयाँ अनिवार्य रुपमा संकलन गर्ने प्रक्रिया जारी रहेको र त्यो भन्दा बाहेक पार्टी कार्यालय भवन निर्माण गर्नका लागि योगदान गर्न सक्नेहरुबाट पनि सहयोग लिएर आधुनिक र भव्य कार्यालय भवन बनाउने आफूहरुको योजना रहेको महासचिव पोखरेलले बताए ।

एमालेले पार्टी कार्यालय भवन बनाउने ठाउँ करिव निष्कर्षमा पुगेको जनाएपनि सार्वजनिक भने गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *