गुल्मीको इस्मामा आगलागीबाट ३८ घरगोठ जले

गुल्मीको इस्मा गाउँपालिका- २  मा आगलागी हुँदा ३८ घरगोठ जलेका छन् । स्थानीय सामुदायिक वनमा लागेको आगो बस्तीमा पनि फैलिँदा १३ घर र २५ गोठ जलेको वडाध्यक्ष लोकनाथ आर्चायले बताए । घरगोठ जल्दा ४० भन्दा बढी भैंसी तथा बाख्रा पनि जलेका छन् ।

अहिले आगलागी भएका अधिकांश ठाउँमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासहितको टोली पुगेको छ । आगलागीबाट क्षति भएका घरपरिवारलाई गाउँकै सुरक्षित स्थानमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

इस्मा गाउँपालिकाबाहेक अन्यत्र पनि आगलागी भएको छ । आगलागीबाट जिल्लाका विभिन्न स्थानमा भएको क्षति संकलन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *