सुदूरपश्चिमको मुख्यमन्त्रीमा रञ्जिता पक्षका कैलाशको पनि दाबी पेश

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि मुख्यमन्त्री दाबी पेश गरेका छन् ।

केहीबेरअघि कांग्रेससहितको समर्थनमा लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका थिए । उनलाई काउन्टर दिँदै नाउपाकै कैलाशले पनि दाबी पेश गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीको आन्तरिक किचलो बढिरहेका बेला दुर्ई समूहका दुई व्यक्तिले छुट्टाछुट्टै दाबी पेश गरेका हुन् ।

मुख्यमन्त्रीमा दाबी पेश गरेका लक्ष्मणकिशोर नाउपाका संस्थापक रेशम चौधरी निकट हुन् । भने कैलाश नाउपाकी अध्यक्ष रञ्जिता चौधरी निकट हुन्।

केन्द्रीय सत्ता समीकरण फेरिएपछि कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार ढलेसँगै नयाँ सरकार बनाउने कसरत सुरु भएको थियो । सुदूरपश्चिममा सरकार गठनका लागि निर्णायक मानिएको शक्ति नाउपामा केन्द्र सरकारलाई समर्थन दिने वा नदिने भन्ने विषयमा विवाद चुलिएको थियो । रञ्जिताले सरकारलाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेपछि पार्टीभित्र थप किचलो बढिरहेको छ ।

यता सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आजम्मका लागि समयसीमा दिएका थिए, सोही अनुसार छुट्टाछु्ट्टै दाबी पेश भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *