माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र हट्यो

सरकारले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्मको निषेधित क्षेत्रबाट हटाएको छ। निषेधित क्षेत्र तोक्ने काठमाडौँ जिल्ला प्रशासनको आदेश फिर्ता लिइएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत फागुन ४ गते यो क्षेत्रसहितलाई निशेधित क्षेत्र तोकेको थियो। अन्य क्षेत्रमा निशेध कायम रहँदा माइतीघर मण्डलादेखि वानेश्वरसम्म भने हटाइएको छ।

प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गरी निषेधित क्षेत्र कायम नरहेको जानकारी दिएको छ।

प्रशासनले पछिल्लोपल्ट २०८० फागुन ४ गते २ महिनासम्मका लागि ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरी काठमाडौँ जिल्लाका विभिन्न स्थानलाई तोकेर निषेध आदेश जारी गरेको थियो।

हाललाई सुरक्षा चुनौती विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति, काठमाडौँको सिफारिस अनुसार माइतीघर मण्डलादेखि बानेश्वर ९कृष्ण टावर० सम्मको क्षेत्रलाई २०८१ वैशाख १ देखि उक्त निषेध आदेश कायम नरहने सूचनामा उल्लेख छ।
तर अब प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी भने पु¥याउन नपाउने भएका छन्। यस्तो नोक्सानी गरेमा उनीहरुले नै क्षति व्यहोर्नु पर्ने प्रशासनको नियम छ।
यसबारे गृह मन्त्री रवि लामिछानेले शुक्रबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान छ। यो लोकतन्त्रको सौन्दर्य हो। तर, आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन।त्यसैले, आन्दोलनका क्रममा भएको वा हुने क्षतिको भर्पाईका लागि आयोजक ९व्यक्ति, संस्था वा दल०लाई बिल पठाउने र सरकारी बाँकी सरह उठाउने निर्णय भएको छ। मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ। बिल चाँडै पठाइने छ। नयाँ वर्ष २०८१ को शुभकामना।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 18 =