ओखलढुङ्गा पूर्वअध्यक्ष कटवालले गरे एमाले परित्याग
२०८० चैत २९ गते

काठमाडौं । नेकपा एमाले ओखलढुङ्गाका पूर्व जिल्ला अध्यक्ष शंकर कटवालले पार्टी छोडेका छन् ।
जिल्ला अधिवेशनको क्रममा नेतृत्वको पक्षधरता र गुटबन्दी देखिएको भन्दै उनले एमाले छोडेको घोषणा गरेका हुन् ।
‘दसौँ जिल्ला अधिवेशनमा जे जस्ता रवैया र गतिविधिहरू देखिए, जुन खालका आरोप–प्रत्यारोपको होडबाजी चल्यो । नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो । मैले मेरो ३४ वर्षको राजनैतिक जीवनमा यस्तो विधि र पद्धति विहीनता अनुभूति गरेको थिइनँ’, कटवालले नेतृत्वलाई बुझाएको राजीनामा पत्रमा भनेका छन् ।
उनले यस्तो अराजनीतिक कार्यशैलीले पार्टी र कार्यकर्ताको भविष्य नबन्ने भन्दै राजनैतिक न्याय समेत स्थापित गर्न नसकिने बताएका छन् ।
२०८० चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित








