गृहमन्त्रीमाथि संसदीय छानविन समिति बन्दैन : एमाले

काठमाडौं । नेकपा एमालेले गृहमन्त्री रवि लामिछानेमाथि छानविनका लागि संसदीय छानविन समिति बन्न नसक्ने बताएको छ ।

मिथ्या आरोपको भरमा गृहमन्त्री लामिछानेमाथि छानविन गर्न नसकिने जवाफ एमालेले काँग्रेसलाई दिएको हो ।

बिना तथ्य र प्रमाण संसदीय छानविन समिति बनाउन नसक्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

‘तपाईहरुले जे विषय उठाईरहनु भएको छ । त्यो तथ्य र प्रमाणमा आधारित छैन । पूर्वाग्रह राखेर माग गरिएको छानविन समिति बन्न सक्दैन । हामी हाम्रोतर्फबाट स्पष्ट शब्दमा भन्न चाहन्छौं–यस विषयमा प्रमुख प्रतिपक्षले जुन ढंगले संसदीय छानविन समिति गठनको माग गरिरहेको छ’ उनले भने,‘त्यो जायज छैन । त्यो न्यायोचित पनि छैन । त्यसकारण हामीले प्रष्ट शब्दमा भन्यौ–संसदीय छानविन समिति बन्दैन ।’

सरकारले प्रतिनिधि सभाको बैठक चैत्र, २७, २८ र २९ गते बोलाइएको छ । तर काँग्रेसले गृहमाथि छानविन गर्न संसदीय समिति नबने अब संसद बैठक चल्न नदिने अडान राख्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =