अब्दुल खान चढेको गाडी धादिङमा दुर्घटना

काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ ।

उपाध्यक्ष खान र उनका निजी सचिवालयका सदस्यहरू चढेको गाडी सोमबार धादिङको कृष्णभिरमा दुर्घटनामा परेको हो ।

काठमाडौंबाट बर्दिया जाने क्रममा खान सवार गाडी दुर्घटनामा परेको हो । अर्को जिपलाई जोगाउने क्रममा भित्तामा ठोक्किन पुगेको बताइएको छ । दुर्घटनामा खानसहित चालक, स्वकीय सचिव र कम्प्युटर अपरेटर घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 2 =