रास्वपा लक्षित गगनको टिप्पणी– ‘नयाँ दलले गरेको भ्रष्टाचार पनि भ्रष्टाचार नै हो’

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दलले गरेको भन्ने नहुने बताएका छन् ।
शनिवार ललितपुरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार नयाँ वा पुरानो भनेर छुट नहुने बताएका हुन् ।
‘एउटा सामान्य मान्छेले वडामा गएर सार्वजनिक सम्पतीको दुरुपयोग गर्छ भने त्यसले मन्त्री भएर यदी सार्वजनिक सम्पतीको दुरुपयोग गर्छ भने त्यो भ्रष्टाचार नै हुन्छ’ उनले भने भ्रष्टारचार काँग्रेसले गरे पनि भ्रष्टाचार हुन्छ, एमालेले गरे पनि भ्रष्टाचार नै हुन्छ, माओवादीले गरे पनि भ्रष्टाचार नै हुन्छ,नयाँ पार्टीले गरेको भ्रष्टाचार पनि भ्रष्टचार नै हुन्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित टिप्पणी गर्दै उनले कानूनको शासन भन्दा माथि कोही पनि नहुने जिकिर गरे ।
उनले प्रश्न भन्दा माथि कोही पनि नरहेको बताए । उनले प्रश्न भन्दा माथि कोही पनि नेता नरहेको बताए ।
‘कानूनको शासनको लागि हामी उभिन्छौँ भन्नुको अर्थ प्रश्न भन्दा माथि कोही छैन । प्रश्न भन्दा माथि कोही शक्तिशाली पनि छैन । प्रश्न भन्दा माथि कुनै नेता छैन’ उनले भने ‘प्रश्न भन्दा माथि नयाँ नेता पनि छैन, पुराना नेता पनि छैनन् । कोही पनि प्रश्न भन्दा माथि छैनन् । कोही पनि कानून भन्दा माथि छैन ।’
उनले सर्वसाधारणले गरेको ठगी ठगी भएको जस्तै शक्तिशालीले गरेको ठगी पनि ठगी नै हुने भएकाले शक्तिशालीलाई छुट दिन नहुने बताए ।
उनले सर्वसाधारणले गरेको कुनै कीर्ते कीर्ते नै हुने भएकाले शक्तिशालीको गरेको कीर्ते पनि कीर्ते नै हुने बताए ।
‘यदी एउटा सर्वसाधारणले गरेको कुनै काम ठगी ठगी हो भने शक्तिशालीले गरेको पनि ठगी ठगी नै हो’उनले भने ‘यदी सर्वसाधारणले गरेको कुनै काम कीर्ते कीर्ते हुन्छ भने शक्तिशालीको गरेको कीर्ते पनि कीर्ते नै हुन्छ ।’








