कानुन समितिको सक्रियता : विधेयकमा छलफल गर्न एकैदिन पाँच मन्त्रालयसँग छलफल

काठमाडौँ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगोमा पुर्याउन कानुन, न्याय तथा मानव अधिकार समितिले सक्रियता देखाएको छ ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई समितिबाट छिटोभन्दा छिटो पारित गर्ने उद्देश्यका साथ कानुन, न्याय तथा मानव अधिकार समितिले दफावार छलफललाई तीव्रता दिएको हो । केही दिन अघिदेखि विधेयकमा परेको संशोधनको सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग छलफल गरिरहेको समितिले शुक्रवार मात्रै पाँच वटा मन्त्रालयसँग सम्बन्धित विषय तथा दफाहरूमा छलफल गरेको छ ।

शुक्रवार (आज) केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित विषय एवं दफाहरूका सम्बन्धमा छलफल गरेको छ ।

छलफलका क्रममा सम्बन्धित मन्त्रालयका मन्त्रीहरू तथा सचिवहरूको उपस्थिति रहेको थियो । आजको बैठकमा विधेयकमा गृह मन्त्रालयसँग सम्बन्धित विधेयकको दफाहरू ५३ र ७४ मा परेको संशोधनलाई गृहमन्त्रालयले स्वीकार गरेको जनाएको छ भने अन्य मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल भएपनि कुनै निष्कर्ष निस्किन सकेको छैन ।

समिति सभापति विमला सुवेदीले दफावार छलफलका क्रममा निष्कर्षमा पुगेका विषयलाई सोही अनुसार गर्ने र निष्कर्षमा पुग्न बाँकी रहेका विषयलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सम्बन्धितसँग थप छलफल गर्ने र आगामी दिनमा बस्ने समितिको बैठकमा छलफल गरी निष्कर्षमा पुगिने बताइन् ।

समितिको अर्को बैठक चैत्र २५ गते आइतबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *