ग्वार्को फ्लाइओभर निर्माण जेठ मसान्तसम्म नसके अनसन बस्ने स्थानीयको चेतावनी

काठमाडौँ । ग्वार्को फ्लाइओभर निर्माणमा भइरको ढिलासुस्तीलाई लिएर स्थानीयहरूले निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन् ।

शुक्रवार ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठ मसान्तसम्म सकिसक्न आग्रह गर्दै स्थानीयहरूले ध्यानाकर्षण गराएका हुन् । उनीहरुले जेठ मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने भएपनि त्यो अनुसारको योजना बनाएर काम नगरेको बताए ।

फ्लाइओभरको निरीक्षण र स्थानीयहरूलाई साथ दिन पुगेका बागमती प्रदेशका सांसद रामकृष्ण चित्रकारले परियोजना निर्माणमा धेरै नै ढिलासुस्ती भइरहेको बताए । उनले परियोजना समयमै सम्पन्न हुन नसक्दा काठमाडौं उपत्यकाभर नै ट्राफिक प्रणालीमा असर परेको भन्दै समयमा नै काम सम्पन्न गर्न निर्माण कम्पनीको ध्यानाकर्षण गराए ।

उनले समयमा काम सम्पन्न हुन नसक्दा स्थानीयहरूलाई दैनिक जनजीवनमा असर परिरहेको उल्लेख गरे । उनले जेठ मसान्तसम्म सक्ने प्रतिविद्धताअनुसार काम नभए र समयमै काम नसकिए फ्लाइओभ्र निर्माणस्थलमै अनसन बस्न बाध्य हुने चेतावनी दिए ।

उनले भने ‘यो परियोजना साह्रै नै ढिलासुस्ती भयो । यो नभई नहुने परियोजना हो । यो परियोजना समयमै सम्पन्न हुन नसक्दा काठमाडौं उपत्यकाभरकै ट्राफिक प्रणालीमा असर पारेको छ । स्थानीय जनतालाई दैनिक जीवन पनि सहज बनाइ चल्न सकेका छैनन् । तीन सिफ्टमै काम गरेर र एक्सन प्लान बनाएर जेठ मसान्तसम्म सक्ने भन्ने जुनक खालको प्रतिबद्धता गर्नुभएको छ, त्यही अनुसार काम भएको छ की छैन भनेर निरीक्षण गर्न आएका हौँ । असारको पहिलो हप्तासम्म यहाँबाट गाडी गुडाउँछौँ, भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यो अनुसारको काम भइरहेको छैन भन्ने हामीलाई लाग्छ ।’

यता निर्माण कम्पनीले भने केही समय यता २४ सै घण्टा काम गरिरहेको बताएको छ । चार लेन सडकको बीच खण्डमा ३५ मिटर लामो पुल आवतजावतको संरचनासहित दूरी ५४० मिटर रहने फ्लाइओभरको १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =