राजीनामा दिँदै मुख्यमन्त्री पाण्डेले भने– गण्डकीमा अहिले राप्रपा निर्णायक

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

बुधवार बिहान उनले पदबाट राजीनामा दिएका हुन् । उनले राजीनामा दिएसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आजबाटै नयाँ सरकार बनाउने प्रक्रिया सुरु हुने बताए ।

गण्डकी सरकार निर्माणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी दुवै गठबन्धनका लागि महत्वपूर्ण हुने भएकाले राप्रपाको २७ गतेसम्मको आन्दोलन नसकिएसम्म नयाँ सरकार बन्न नसक्ने बताए ।

उनले आफू मुख्यमन्त्री रहँदा गण्डकी प्रदेशमा सुशासनको प्रत्याभूति दिलाउने गरी काम गरेको जिकिर गरे । उनले गण्डकी प्रदेशलाई आत्मनिर्भर र समृद्ध प्रदेश बनाउने सिलसिलामा इमानदारितापूर्वक आफूले काम गरेको बताए ।

उनले भने ‘अब आउजे बजेट र नीति तथा कार्यक्रममा केही नयाँ र कसरी कार्यान्वयन हुनसक्ने भन्ने तरिकाबाट योजनाहरू लैजाने भन्नेबारेमा सोचेको पनि छु । त्यही अनुसारको ल्याउने भन्ने सोचाई पनि थियो । तर बीचमा यी राजनीतिक घटनाक्रमले अब फेरि त्यही परिस्थितिमा पुगिन्छ की पुगिँदैन भन्ने छ । गण्डकी प्रदेशलाई आत्मनिर्भर र समृद्ध प्रदेश बनाउने सिलसिलामा इमानदारितापूर्वक मैले काम गरेको छु भन्ने मलाई लाग्छ । सुशासनको प्रत्याभूति दिने कुरामा पनि कसैसँग तुलना त गर्न चाहन्न, तर गण्डकी प्रदेश पहिलो नम्बरमै छ । जति दिन बसेर काम गरेँ, आत्मसन्तुष्टि भएर काम गरेँ । गण्डकीमा सरकार बनाउनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले महत्व राख्छ । तर के निर्णय गरेको छ भने उहाँहरुले २७ गतेसम्म आन्दोलनको चरणमा हुनुहुन्छ, आन्दोलनको चरणमा हुँदा सरकार बनाउने,भत्काउने चरणमा लाग्दैनौँ भनेपछि मैले संसदमा विश्वासको मत लिनुपर्छ भन्ने आवश्यकता ठानिन । ठूलो दल भन्दा पहिलै मेरो काम सुरु हुन्छ । आजबाट सरकार बन्ने प्रक्रिया सुरु हुन्छ । सरकार बनाउने फेरि पहल हुनेछ । राप्रपाको निर्णय नहुन्जेलसम्म कसैले पनि बहुमत पुर्याउन सक्दैन ।’

उनले राप्रपाको निर्णय नहुन्जेलसम्म कसैले पनि बहुमत पुर्याउन नसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *