ठुला पार्टी बाहिर बसेर च्याखेहरुलाई ठाउँ दिनु हुँदैन : रामहरी खतिवडा (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले राजनीतिक स्थिरताका लागि समानुपातिक प्रणाली हटाएर प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा हुनुपर्ने बताए ।

उनले देशमा समानुपातिक निर्वाचन प्रणाली भएसम्म कुनै राजनीतिक दलको बहुमत नआउने र सरकार समेत अस्थिर हुने गरेको बताए ।

उनले २४० वटा निर्वाचन क्षेत्र मात्रै राखेर प्रत्यक्ष निर्वाचित सांसद मात्रै बनाउनुपर्ने बताए । बरु सोही निर्वाचन क्षेत्रभित्र महिला र दलित लगायतको लागि कोटा छट्याउन सकिने बताए ।

उनले प्रदेशमा पनि समानुपातिक राख्नु नहुने र राष्ट्रिय सभा भने समानुपातिक बनाउनुपर्ने बताए ।

उनले प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा हुँदा कुनै एक राजनीतिक दलको बहुमत आउन सक्ने र स्थिर सरकार बनाउन सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *