वीरगञ्जमा तीन चिनियाँ पक्राउ
२०८० चैत १८ गते

पर्सामा अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित एक घरमा डेरामा प्रहरीले शनिबार छापा मारेर तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हाे।
पक्राउ पर्नेमा हुनान प्रान्तका ३३ वर्षीय लुई गुई काई, हुबेइका २६ वर्षीय वाङ बोहान र २६ वर्षीय सियाङ सिओ छन्।
अनलाइन लटरी, अनलाइन सपिङ जस्ता विभिन्न प्रकारको प्रलोभन देखाएर नेपाली तथा विदेशीहरूबाट रकम ठगी गरिरहेको आराेप छ।
उनीहरूबाट १२० वटा सिपियू, ११८ वटा मनिटर, तीन वटा पासपोर्ट, ३५ वटा मोबाइल, १३ वटा भारतीय जियो सिम, चार वटा ल्यापटप, प्रिन्टर, २६ वटा किबोर्ड लगायत बरामद भएको छ।
त्यस्तै मलेसियन रिंगिट, नेपाली गरी ४३ हजार रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ।
२०८० चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित








