कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक मंगलबार बस्ने
२०८० चैत १८ गते

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत २० गते बस्ने भएको छ ।
सभापति शेरबहादुर देउवाको निवास, बुढानिलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।
२०८० चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित








