दुर्गा प्रसाईका दुवै बडिगार्ड थुनामुक्त
२०८० चैत १३ गते

मेडिकल व्यवसायी दुर्गा प्रसाईका दुवैजना बडिगार्डलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।बडीगार्ड दीपक खड्का र रामकुमार धिमालको तर्फबाट उनीहरुका श्रीमतीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नकहुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको हो। उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो।
गत साता हतियारसहित सर्वोच्च अदालत प्रवेश गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले हातहतियार तथा खरखजनासम्बन्धि कसुरमा अनुसन्धान अगाडी बढाएको छ।
२०८० चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित








