नेपालमा प्रभावकारी शिक्षाको आवश्यक छ : उपसभामुख राना

काठमाडौं । उपसामुख इन्दिरा रानाले नेपालमा प्रभावकारी शिक्षा आवश्यक रहेको बताएकी छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले आफ्नै देशमा बालबालिकाहरु बस्न रुचाउने वातावरण सिर्जना गर्न जरुरी रहेको बताइन् ।

उनले सानै उमेरबाट बालबालिकाहरुमा राष्ट्रियताबारे अवगत गराउनुपर्ने बताइन् । उनले नेपालमा आफ्नै संस्कृति, संस्कार, परिस्थिति अनुसारको शिक्षा आवश्यक रहेको बताइन् ।

उनले नेपाली विद्यार्थीहरुलाई विद्यालयमा व्यवहारिक शिक्षाका बारेमा पनि ज्ञान दिन जरुरी रहेको बताइन् ।

उनले भनिन्– ‘अहिले हामीलाई प्रभावकारी एजुकेशन चाहिएको छ । हाम्रै देशमा हाम्रा बालबालिकाहरु कसरी सर्वाइभ गर्नसक्छ ? त्यस्तो एजुकेशन चाहिएको छ । लण्डनका बच्चाहरुलाई हाउ टु लर्न टु गो थ्रु द मेट्रो । त्यहाँ नक्शाबाट कसरी ठाउँहरु पत्ता लगाउने ? अब काठमाडौं पनि त्यस्तै भइसकेको छ । हाम्रो बच्चाहरुलाई हाम्रो यहाँको रहनसहन, संस्कृति, परिस्थिति छ, त्यस्तो किसिमको एजुकेशन दिनुपर्छ । जन्मिन पाएको छैन, हामी बच्चाहरुलाई अमेरिका, युरोपको सपना दिन्छाँै । अनि कसरी उनीहरु नेपालमा बस्छ । त्यसैले आज हामीले एजुकेशन त्यस्तो दिनुपर्छ । यहीँ भारतमै हेर्नु न, उनीहरुले राष्ट्रियताको विषयमा सानैदेखि नै सिकाउँछन् । बाहिर बस्ने नेपालीहरुले पनि आफ्ना पूर्खाको बारेमा सिकाउनुपर्छ ।’

उपसभामुख रानाले शिक्षक, किसान र स्वास्थ्यकर्मी नै देशको महत्वपूर्ण सम्पती भएको बताइन् । उनले शिक्षक, डाक्टर, किसानलाई सम्मान गरेमात्रै देश विकास हुने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *