कर्णालीमा हाम फाले १७ जना, एकजना बेपत्ता

कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन् ।

लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

बेपत्ता शाहीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।

१७ जना कर्णाली पुलबाट हामफालेका थिए । तीमध्ये एक जना बेपत्ता भएका हुन् । अन्य १६ जना सकुशल बाहिर निस्कन सफल भएका थिए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *