नेकपा एसले भोलिसम्म उम्मेदवारीबारे निर्णय लिने
२०८० चैत ११ गते

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले वैशाख १५ मा हुने उपनिर्वाचनबारे सोमबारसम्ममा उम्मेदवार उठाउने नउठाउने निर्णय लिने भएको छ ।
आइतबार बसेको सचिवालय बैठकले सत्ता गठबन्धन दलहरूसँग छलफल गरेपछि मात्रै उम्मेदवार उठाउने नउठाउने निर्णय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
नेकपा एमालेले उपनिर्वाचनमा उम्मेदवार तय गरिसकेको छ । माओवादी केन्द्रले उपनिर्वाचनमा उम्मेदवार उठाउने नउठाउने भन्ने निर्णय गरिसकेको छैन ।
२०८० चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित








