राजनीतिक स्वार्थसिद्ध कार्यले मुलुकलाई कता लैजान्छ भनेर आत्मसमिक्षा गरौँ- निर्वाण चौधरी

काठमाडौँ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले राजनीतिक स्वार्थसिद्ध गर्न भइरहेको कार्यहरूले मुलुकलाई कता लैजान्छ भनेर आत्मसमिक्षा गर्नुपर्ने बताएका छन् ।

शनिवार बाँसबारी जग्गाका प्रकरणका बारेमा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले केही समयदेखि बाँसबारी जग्गाका विषयमा धारावाहिक प्रहसन चलेको र यसमा थप टिप्पणी गर्न नचाहेको भन्दै उनले न्यायालयले नै यसको छिनोफानो गर्ने धारणा राखेका छन् ।

उनले तत्कालीन राजनीतिक स्वार्थसिद्ध गर्न भएका कार्यहरूले मुलुकलाई कता लैजान्छ भनेर एकपटक सबैले आत्मसमिक्षा गर्नुपर्ने बताए ।

उनले हाल देश कुन अवस्थामा छ, कसरी यस्तो भयो, यो देशको हित कसले गर्छ भनेर युवाहरूले आफैलाई प्रश्न सोध्ने बेला भएको बताएका छन् ।

उनले युवाहरू स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न नचाहने बताए । उनले राजनीति स्टण्टका कारण देशमा यस्तो परिस्थिति सिर्जना भएको भन्दै मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला भनेर आत्ममन्थन गर्न आह्वान गरे ।

उनले लेखेका छन् ‘ के युवाहरू स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् वा वास्तविकता बुझेर देशको समृद्धिमा असली हिस्सेदार बन्न चाहन्छन् ? आज राजनीति स्टण्टका कारण जुन परिस्थिति सिर्जना भएको छ, यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला ? एकपटक आत्ममन्थन गरौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =