सभामुखलाई सीआईबीको पत्र– सांसद चौधरीमाथि अनुसन्धान भइरहेको छ

काठमाडौँ । सीआईबीले नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै संसद्का सभामुखलाई पत्र पठाएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका उनीमाथि बाँसबारी छाला जुत्ता कारखानामा अनुसन्धान भइरहेको सीआईबीले पठाएको पत्रमा उल्लेख छ ।

सीआईबीइले लेखेको पत्रमा भनिएको छ– ‘काठमाडौं महानगरपालिका ३ नं. वडाको कार्यालय र नवराज शर्मा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अजित नारायण सिंह थापा समेत भएको बाँसबारी छाला जुत्ता कारखाना लि. को नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०-०-०-० (दस रोपनी) जग्गा गैह कानूनी तवरबाट च्याम्पियन फुटवेयर लि. को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्युरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ ।’

यसअघि माघ १८ मा उक्त प्रकरणमा चौधरी ग्रुपका सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी, छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुर पक्राउ परेका थिए ।

माघ २४ मा तीनै जनालाई जिल्ला अदालत काठमाडौँले हाजिरी जमानीमा छाड्न आदेश दिएपछि उनीहरू रिहा भइसकेका छन् । हाल नयाँ गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि उक्त फाइल पुनः खोलिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =