कांग्रेस सांसद बस्नेतको आरोप- ‘प्रधानमन्त्रीले देश र जनतालाई फुटबल ठान्नुभयो’

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई फुटबल ठानेको आरोप लगाएका छन् ।

बुधवारको राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिका छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीले आफूलाई स्ट्राइकर ठानेर उथलपुथल गर्ने लगायतका अभिव्यक्ति दिने गरेको भन्दै आपत्ति समेत जनाए ।

उनले भने ‘प्रधानमन्त्रीज्युले देश र जनतालाई फुटबल सम्झिनुभएको भन्ने म दोधारमा परेको छु । स्ट्राइकर कहलिएका मेसी र रोनाल्डो पनि पेनाल्टीमा चुकेको हामीले देखेका छौँ । प्रधानमन्त्रीज्युले धेरै खुट्टा उचाल्छु, उथलपुथल गर्छु, नभन्नुभएको भए पदीय गरिमा जोगिन्थ्यो होला ।’

उनले स्ट्राइकर कहलिएका मेसी र रोनाल्डो पनि पेनाल्टीमा चुकेको उदाहरण दिँदै उनले प्रधानमन्त्री दाहाललाई खुट्टा उचाल्ने काममा सन्तुलन नमिल्दा पैताला चिप्लिएर कम्मर भाँचिने जोखिम हुने भन्दै चेतावनी दिए । उनले प्रधानमन्त्रीले धेरै खुट्टा उचाल्छु, उथलपुथल गर्छु, नभन्नुभएको भए पदीय गरिमा जोगिने बताए ।

भने ‘कहिले कहीँ खुट्टा उचाल्ने काममा सन्तुलन नमिल्दा पैताला चिप्लिएर कम्मर भाँचिने जोखिम पनि हुन्छ । आफूलाई स्ट्राइकर सम्झिनुभएको छ, यो नबिर्सिनुहोला ।’

उनले सरकार चलाउन रातारात गठबन्धन भत्काएर उथलपुथल ल्याउने भाषण गर्नु जस्तो सहज नहुने बताए । उनले प्रधानमन्त्री दाहालले रुखको छहारीको जाडो लाग्यो भन्दै घाम तापेर घण्टी बजाउन सुरु गर्नुभएको भन्दै घण्टी भ्रष्टाचारीको कानमा, सुशासनको पक्षमा, संविधान र लोकतन्त्रको रक्षाका लागि बजाउनुपर्ने बताए ।

उनले भने सम्माननीय प्रधानमन्त्रीज्युले रुखको छहारीको जाडो लाग्यो भन्दै घाम तापेर घण्टी बजाउन सुरु गर्नुभएको छ । सम्माननीयज्युले बोकेर हिँड्नुभएको घण्टी नयाँ छ, घाममा बसेर बजाउनु होला । घाममा बसेर बजाउन खोज्नुभएको त्यो घण्टी बलियो गरी बजोस् । भ्रष्टाचारीको कानमा बजोस् । सुशासनको पक्षमा बजोस् । संविधान र लोकतन्त्रको रक्षाका लागि बजोस् ।’

उनले विरोधाभास नै प्रधानमन्त्रीको रोजाइ रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =