सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन– ‘सांसदका सुझाव कार्यान्वयन गर्नू’

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूले दिएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन् ।

बुधवारको राष्ट्रिय सभा बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न निर्देशन दिए ।

उनले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्न र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीको जवाफपछि यस्तो निर्देशन दिएका थिए । प्रतिवेदनका सम्बन्धमा सदस्यहरूले छलफलमा उठाएका विषयहरू र सो सम्बन्धमा मन्त्रीले जवाफका सिलसिलामा व्यक्त गरेका विचारलाई प्राथमिकतामा राखेर कार्यान्वयनमा जानुपर्ने बताए ।

उनले भने ‘मान्य सदस्यहरू, प्रतिवेदनका सम्बन्धमा मान्य सदस्यहरूले छलफलमा उठाएका विषयहरू र सो सम्बन्धमा माननीय मन्त्रीले जवाफका सिलसिलामा व्यक्त गर्नुभएका विचार समेतका आधारमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

बुधवारको राष्ट्रिय सभाको बैठकमा प्रतिवेदनबारे छलफल भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eighteen =