कांग्रेसको संसद अवरोध सरकार छोड्नुपर्दाको पीडा : महेशकुमार बर्तौला

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले शुक्रवारको काँग्रेसले गरेको संसद अवरोधलाई सरकार छोड्नुपर्दाको पीडाका रुपमा चित्रण गरेका छन् ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेसले सरकार छोड्नुपर्दाको पीडा एक हप्ता पनि सहन नसकेको बताए । उनले काँग्रेस पानी बिनाको माछा झैँ छटपटी रहेको बताए ।

उनले संसदमा अवरोध गर्ने, संसदीय सबै प्रक्रियाहरू अघि बढ्न रोक्ने कामलाई लाज पनि लजाउने अवस्था भएको टिप्पणी गरे । उनले काँग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षका रुपमा उभ्याउन सक्नुपर्ने बताए ।

उनले भने ‘नेपाली काँग्रेस सरकार छोड्दाको पीडा एक हप्तासमेत पनि सहन नसक्ने यस किसिमको छटपटीमा काँग्रेस हुन्छ होला भन्ने लागेको थिएन । काँग्रेस पानी बिनाको माछा झैँ छटपटी जस्तो भएको छ । तीन दिन भयो विश्वासको मत लिएको सरकारले । यस प्रकारले काँग्रेसले आजैदेखि संसदमा अवरोध गर्ने, संसदीय सबै प्रक्रियाहरू अघि बढ्न रोक्ने जे अवस्था सिर्जना गर्यो, यसले वास्तवमा लाज पनि लजाउने अवस्था भएको छ । नेपाली काँग्रेसले आफूलाई सोच्नुपर्छ । जे उहाँहरुले गर्नुभयो, यति महत्वपूर्ण विनियोजन विधेयकका प्राथमिकतामा छलफल थियो, त्यसमा पनि विरोध गर्नुभयो, काँग्रेसले जिम्मेवार प्रतिपक्षका रुपमा उभ्याओस्, यो आग्रह छ ।’

उनले काँग्रेसले संसद अवरोध गर्दा महत्वपूर्ण विधेयकहरूमा छलफल गर्नबाट वञ्चित हुनुपरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =