सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

युवाहरूलाई देशमै केही गर्नुपर्छ भन्ने भावना जागृत गराउन आवश्यक छ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरू खालि हुने र विद्यार्थी नपाउने अवस्था बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शुक्रवारको सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सिनेमा संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली युवाहरू अध्ययनको सिलसिलामा र कामका लागि बाहिर जोन प्रवृत्ति रहेको बताए । उनले अध्ययनको सिलसिलामा बाहिर जानेको संख्या बढ्दो रहेको बताए ।

उनले बाहिर अध्ययनका लागि जाने विद्यार्थीहरूमा पनि ठूलो संख्यामा पढेर फर्किने भन्दा उतै जीवन बिताउने मानसिकतामा विदेश पलायन भइरहेको बताए । उनले युवा पुस्तालाई कुनैपनि देश पैसा भएर धनी हुने नभई विकास निर्माणपछि मात्रै धनी हुन्छ भन्नेकुरा बुझाउन जरुरी रहेको बताए । युुवाहरुमा देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना र विश्वास दिलाउन सक्नुपर्ने बताए ।

उनले भने ‘युवाहरू विदेश दुई वटा कारणले गइरहेको देखिन्छ । अध्ययनको सिलसिलामा बाहिर जानेको संख्या बढ्दो छ । यहाँ विश्वविद्यालयहरू खालि हुने र विद्यार्थी नपाउने अवस्था बन्दैछ । सकेसम्म बाहिर जाने प्रवृत्ति बढ्दो छ । अध्ययनका लागि बाहिर जान नसके कामका लागि बाहिर जाने प्रवृत्ति अर्को छ । जो धेरै ठूलो संख्यामा छ । बाहिर अध्ययनका लागि जाने विद्यार्थीहरू निकै धेरै विद्यार्थीहरूको ठूलो संख्या पढेर फर्किने भन्दा पनि उतै पढेर उतै जीविका चलाउने मानसिकतामा देखिन्छन् । त्यो अर्को खतरनाक कुरा हो । यसलाई रोक्नका लागि दुई कुराको आवश्यकता छ । कुनैपनि देश पैसा भएर धनी हुने होइन, विकास गर्छ, अनि धनी हुन्छ, अनि पैसा कमाउँछ । कुनैपनि देशले रेडिमेट विकास पाएको छैन । हामीले युवा पङ्क्तिलाई हामीले हाम्रो देश बनाउनुपर्छ र मात्रै विकसित हुन्छ, सुविधा सम्पन्न देशमा बस्न पाउँछौँ भन्नेकुरा बुझाउनु पर्छ । हाम्रा युवाहरू देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना, गर्न सकिन्छ भन्ने विश्वास, हामी गर्नसक्छौँ भन्ने आत्मविश्वास दिलाउनुपर्छ ।’

अध्यक्ष ओलीले सरकारको तर्फबाट पनि उद्यमशीलताको प्रवृत्ति जगाउने, उद्यमशीलताको विकास हुने, उद्यमशीलतामार्फत रोजगारीका अवसर सिर्जना गर्ने काममा लाग्नुपर्ने बताए । उनले सरकारले आधारहीन ढंगबाट रोजगारीका अवसर सिर्जना गर्न सम्भव नरहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + five =