आसन फेरिएको हो, चरित्र फेरिएको छैन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारमा रहँदा पनि जनताका आवाज मर्न नदिने बताएका छन् ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए ।

उनले आफूहरुको आसन मात्रै फेरिएको र चरित्र पुरानै रहेको भन्दै उनले जनताका आवाज उठाउने कुरामा नै आफूहरु केन्द्रित हुने बताए ।

उनले सदनमा क्यालेण्डर लागू भएको कुरा रास्वपाकै देन रहेको बताए ।

उनले भने– ‘हामी हिजो प्रतिपक्षमा बस्दै गर्दा पनि हामीले जति खरा आवाज उठान गरेका थियौँ र जति विषयवस्तु उठाएका थियौँ । हामीले सदनमा क्यालेण्डर लागू गरौँ भन्दा उडाइन्थ्यो आज वास्तविकतामा परिणत भएको छ । प्रतिपक्षमा रहँदा जसरी जनताका आवाज उठाएका थियौँ, ति आवाजको महत्व जति रहेको थियो, आज सरकारमा रहँदा पनि हामीले त्यो पाटो भुलेका छैनौँ । त्यति नै सान्दर्भिकता छ । हामीले आसन बदलेका हौँ, चरित्र बदलेका छैनौँ ।’

उनले न्युनतम साझा कार्यक्रमअन्तर्गत नै रास्वपाको सरकारमा उपस्थिति रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =