ओलीको अनुभव- मिर्गौला बिग्रिँदा जीवन कष्टकर बन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिर्गौला बिग्रेपछि जीवन कष्टकर हुने बताएका छन् । विश्व मिर्गौला दिवसका अवसरमा उनले सुरुमै सजगता अपनाउन आम नागरिकलाई सुझाव दिएका हुन् ।

दुईपटक मिर्गौला प्रत्यारोपण गराएका पूर्व प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत मिर्गौला जोगाउन स्वास्थ्यमा ध्यान दिन आम नागरिकलाई आग्रह गरेका हुन् । ‘मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु’, ओलीले भनेका छन्, ‘हाम्रो सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ ।’

मिर्गौला प्रत्यारोपण गर्नु धेरै जटिल काम भएको उनको भनाई छ । ‘प्रत्यारोपण गर्नु धेरै जटिल काम हो । डाइलासिस गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ,’ उनले अगाडि लेखेका छन्, ‘मिर्गौला जोगाउन हामी आफैँ सजग हुनुपर्छ, डाइलासिस त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौँ, मिर्गौला जोगाऔँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *