जनमोर्चाले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा मतदान नगर्ने
२०८० फागुन २९ गते

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनको मतदानमा भाग नलिने भएको छ ।
राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा सो पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले आफ्नो पार्टीले कुनैपनि दलको अध्यक्ष पदका उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
बैठकका अध्यक्ष पदका लागि सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल र नेपाली काँग्रेसका तर्फबाट युवराज शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको छ ।
२०८० फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित








