पाँच दशक वडाध्यक्ष चुनिएर सेवा गरेका व्यञ्जनकारको निधन

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ । उनको आइतबार नर्भिक अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो ।

उनी ललितपुर-१० मा २०२९ सालदेखि लगातार १० पटक वडाध्यक्षमा निर्वाचित भएका थिए । तर, ०७९ को स्थानीय चुनावमा उनी रविनमान व्यञ्जनकारसँग पराजित भएका थिए ।

त्यतिबेला नरसिंह नेपाली कांग्रेसका उमेदवार रविनमानसँग २८२ मतले पराजित भएका थिए । नरसिंहले ५४३ मत ल्याउँदा रविनमानले ८२५ मत ल्याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *