नर्सिङ कलेजहरूलाई अनुमति नदिएर त्रुटि गर्यौँ, अब सरकारले सोच्नुपर्छ : राजेन्द्रलक्ष्मी गैरे

काठमाडौँ । राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले नर्सिङ र मेडिकल कलेजहरूलाई शिक्षण अनुमति नदिएर त्रुटि भएको बताएकी छन् ।
आइतबार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै राष्ट्रिय सभा सदस्य गैरेले यस्तो बताएकी हुन् ।
उनले नेपालमा नर्सिङ पढ्न नपाएपछि विद्यार्थीहरू विदेशीन बाध्य भएका उनले बताइन् । नेपालमा पढ्न नपाउँदा विद्यार्थीहरूले विदेशमा दुःख साथ पढ्नुपरेको भन्दै यस बारेमा अब सरकारले सोच्नुपर्ने बताइन् ।
उनले भनिन् ‘आज युवाहरू शिक्षाको नाममा दिनप्रतिदिन बहिर्गमन भइरहेका छन् । हिजो हामीले केही त्रुटि ग¥यौँ भन्ने मलाई लाग्दछ । हामीले नर्सिङ कलेज, मेडिकल कलेजहरूलाई शिक्षणकालागि अनुमति नदिने, त्यसलाई साँघुरो बनाउँदाखेरि आज हाम्रो भाइबहिनीहरू भारतको बोर्डरहरूमा, बङ्गलादेश र युरोपियन देशहरूमा गएका छन् । धेरै दुःख पाएका छन् । त्यसकारणले अबको सरकारले सोच्नुपर्दछ ।’
उनले बुबाआमाको लासले छोराछोरी कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताइन् ।








