नयाँ गठबन्धनबारे नेकपा एस अन्योलमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) नयाँ गठबन्धनमा सामेल हुने कि नहुने अन्योलमा देखिएको छ ।

नेकपा माओवादी, नेकपा (एमाले), रास्वपा र जसपासहित नयाँ गठबन्धनबाट आज सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ ।

तर एकीकृत समाजवादीले अहिलेसम्म सरकारमा जाने वा नजानेबारे केही निर्णय गरिसकेको छैन ।

पार्टीले सचिवालय बैठक बोलाएको छ । महासचिव घनश्याम भूसालले आज अपराह्न ३ बजे सचिवालय बैठक बस्ने जानकारी दिए ।

अध्यक्ष माधवकुमार नेपाललाई बिसञ्चो भएकोले सचिवालय बैठक कोटेश्वरस्थित उनकै निवासमा बस्नेछ ।

गए राति बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुँदा एकीकृत समाजवादीबारे पनि कुराकानी भएको थियो ।

प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =