संघीय संसद्का दुवै सदनको बैठक आज (कार्यसूची)

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक १२:९ बजे बस्नेछ ।

प्रतिनिधिसभाको बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहको छ । परराष्ट्र मन्त्रीले ‘विमस्टेक वडापत्र’ प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ ।

यस्तै राष्ट्रियसभा बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ‘२२६क’ बमोजिम लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्थालगायत कार्यहरूको अनुगमन, निरीक्षण र मूल्यांकनको प्रतिवेदन, २०८०’ पेस गर्नेलगायत सम्भावित कार्यसूची छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *