शर्मिला वाइबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । कुटपिट तथा अङ्गभङ्गको कसुरमा पक्राउ परेकी सामाजिक अभियन्ता भनिएकी शर्मिला वाइबामाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई ४ दिन थुनामा राख्न अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले बुधबारदेखि लागू हुने गरी वाइबामाथि अनुसन्धानका लागि ४ दिनको म्याद दिएको हो ।

वाइबालाई प्रहरीले बुधबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेको थियो । वाइबा सिन्धुपाल्चोक पुगेको जानकारीपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर पक्राउ गरेको थियो ।

वाइबाविरुद्ध कलाकार पवन खतिवडा (म्याकुरी)ले प्रहरीमा जाहेरी दिएका थिए । वाइबाले आफूमाथि कुटपिट भएको भन्दै कलाकार खतिवडाले जाहेरी दिएका थिए ।

केही दिन अघि शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गङ्गा पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेको घटना सार्वजनिक भएको थियो ।

अनुहारमा चोटैचोट लिएर पवनले पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएका थिए । पवनको पत्नी सुम्निमासँग विवाद चलिरहेको छ । सोही विवादको विषयमा प्रवेश गर्दै वाइबाले आफूमाथि कुटपिट गरेको पवनले जाहेरीमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =