राप्रपाले संसद सचिवालयमा दर्ता गर्यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले रसिया र युक्रेनको युद्धमा नेपालीहरूलाई सहभागी गराइएको भन्दै सो विषयमा प्रतिनिधि सभामा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।

राप्रपाले प्रमुख सचेतक ज्ञानबहादुर शाही प्रस्तावक र सांसदहरू विना लामा, अनिशा नेपाली र विना जैसवाल समर्थक रहेर रसिया र युक्रेन बीचको युद्धमा नेपालीहरू सहभागी गराइएको भन्दै प्रतिनिधि सभामा छलफलका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो । बिहीबार संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय समक्ष पुगेर जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको हो ।

प्रस्तावमा नेपालीहरूलाई आर्थिक प्रलोभनमा पारी रसिया र युक्रेन युद्धमा सहभागी गराइएको उल्लेख गरिएको छ । मानव तस्करी गरी युद्ध स्थलमा नेपालीलाई पठाएकाले यो विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै नेपालीहरूको ज्यान बचाउनका लागि जरुरी सार्वजनिक प्रस्ताव पेस गरिएको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताए । उनले युद्ध भूमिमा फसेकाहरूलाई तत्काल उद्धार गर्न अत्यावश्यक भएको पनि बताए ।

संघीय संसद सचिवालयका महासचिव पाण्डेयले यस प्रस्तावलाई छिटोभन्दा छिटो प्रक्रियामा लैजाने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 14 =