बालेन साहले महिला कर्मचारीलाई टर्चर दिएको आरोप

काठमाडौं । काठमाडौँ महानगरका प्रमुख बालेन साहलाई मानसिक पीडा दिएको आरोप लागेको छ ।
महानगरकी वरिष्ठ कानुन अधिकृत शस्मिता घिमिरेले दिनभर बाहिर राखी मानसिक उत्पीडन गरेको आरोप लगाएकी हुन् ।
उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भनेकी छिन्, ‘एउटा राष्ट्रसेवकको नाताले जनताको सेवा गर्न पाउनु मेरो अधिकार हो, विगत लामो समयदेखि मेयर बालेनको प्रशासनमा विना कारण र आधार किन कार्यजिम्मेवारी विहीन बनाएको हो ? सो जान्ने बुझ्ने मौका समेत नदिई कामविहीन बनाएर कार्यालय जाँदा बस्ने कुर्सी टेबल समेत नदिई कामै गर्न नदिएर राखिएकाले बाध्य भई आफ्नो कानुनी र पेशागत हक, अधिकारका लागि बाहिर निस्कनु परेको हो ।’
संस्थामा काम गर्न नदिने भए मलाई अन्य ठाउँमा काम गर्ने स्वीकृति दिनुहोस् भनी निवेदन दर्ता गर्दा त्यो पनि नदिने भनेर प्रमुख प्रशासकीय अधिकृतले फायल कार्यपालिकामा लैजान रोक्न लगाएको उनको भनाइ छ ।
‘आफ्नो स्थायी कर्मचारीको स्वास्थ्य संवेदनशीलतालाई समेत ध्यान नदिई दिनभर बाहिर राखी मानसिक टर्चर र महिला कर्मचारी भएको नाताले कार्यालयगत हिंसा गर्नुको कारण के होला ?,’ उनले उल्लेख गरेकी छिन् ।









कामचाेरहरुलाई ठिक गरेछन ।।कामै नगरि तलब भत्ता पचाउने धेरै छन नेपालमा दलकाे झाेलेहरु।।।