झलनाथ खनाल र चिनियाँ राजदूत छनबीच शिष्टाचार भेट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज बिहान पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा शिष्टाचार भेटघाट भएको छ ।

भेटका अवसरमा उनीहरूबीच समसामयिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको भेटमा सहभागी विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *