संसद् भवनको सुरक्षामा खटिएका ३२ प्रहरी फिर्ता
२०८० फागुन १४ गते

संघीय संसद् भवनको सुरक्षामा खटिएका ३२ जनालाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ ।
प्रहरी निरीक्षकको कमान्डमा खटिएका उनीहरूलाई आज फिर्ता बोलाएर अर्को टोली पठाइएको प्रहरी प्रवक्ता डीआईजी भीम प्रसाद ढकालले बताए।
आज दिउँसो लघुवित्त पीडितहरू नयाँ बानेश्वरस्थित संसद् भवन छिरेका थिए । संसद् भवनको चारैतिर तैनाथ गरिएको सुरक्षा घेरा तोडेर उनीहरू भित्र छिरेपछि सुरक्षामा प्रश्न उठेको छ।
प्रहरीका अनुसार गेटमा भित्रबाट बोलाएको भन्दै सुरक्षाकर्मीलाई झुक्काएर उनीहरू भित्र छिरेका थिए । गेटभित्र छिरेपछि नाराजुलुस गर्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।
यस विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि तीनवटै सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका छन्।
प्रहरीले पनि आन्तरिक रुपमा छानविन थालेको छ। यसका लागि एसएसपीको नेतृत्वमा समिति बनाइएको छ।
२०८० फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित








