बालकुमारी घटनामा मन्त्रीलाई उन्मुक्ति दिन अर्को समिति गठन !

काठमाडौँ । सरकारले बालकुमारी घटनाका सम्बन्धमा फागुन २० भित्र सुझाव सिफारिस गर्नेगरी उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।

उनीले छानबिन गर्न गठित आयोगले सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी फागुन २० भित्र सुझाव सिफारिस गर्नेगरी उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरेको बताइन् ।

उनीकाअनुसार सरकारले प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु हुने जय शंकर साहको परिवारलाई आर्थिक सहायता स्वरूप १० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ । त्यस्तै सुनको अवैध पैठारी, तस्करी नियन्त्रण सम्बन्धी गठित आयोगको म्याद २०८० फागुन १६ बाट लागू हुनेगरी फागुन मसान्तसम्म थप गरेको छ ।

उनीले भनिन्, ‘प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु हुने जय शंकर साहको परिवारलाई आर्थिक सहायता स्वरूप १० लाख उपलब्ध गराउने ।

सुनको अवैध पैठारी, तस्करी नियन्त्रण सम्बन्धी गठित आयोगको म्याद २०८० फागुन १६ बाट लागू हुनेगरी फागुन मसान्तसम्म थप गर्ने ।

बालकुमारी घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगले सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी २०८० फागुन २० गतेभित्र सिफारिस गर्नेगरी उर्जा र कानूनमन्त्रीज्युहरु रहेका समिति गठन गर्ने ।

भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाललाई प्रदान गर्ने इन्टरनेशनल मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने ।

जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त पालिकाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने ।’

उनीले सरकारले भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाललाई प्रदान गर्ने इन्टरनेशनल मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने र जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त पालिकाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =