राजीनामा दिन्न, मलाई नैतिकता सिकाइरहनु पर्दैन : स्वास्थ्यमन्त्री (भिडिओ)
टेरामक्स घोटाला प्रकरणको विषयमा मन्त्री बस्नेत पत्रकारमाथि आक्रोशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत टेरामक्स घोटाला प्रकरणको विषयलाई लिएर पत्रकारमाथि आक्रोशित भएका छन् ।
सोमवार संसद बैठकपछि उनले सो प्रकरण जिज्ञासा राख्दा तपाईं कहाँको पत्रकार हो नि प्रतिप्रश्न समेत गरे ।
पत्रकारहरुले सो प्रकरणमा मुछिएका तपाईले नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिनुपर्ने हो नि ? भनि जिज्ञासा राखेका थिए । मन्त्री बस्नेत भने केको नैतिकता भन्दै पत्रकारमाथि आक्रोशित भए ।
कसैले रिस उठेर उजुरी ग¥यो भन्दैमा प्रमाणित नभईकन केको नैतिकता हुन्छ ? मन्त्री बस्नेतको आक्रोश थियो ।
उनले एमालेले संसदमा आफ्नो राजीनामा माग गरेर ‘पुंग न पुच्छर’को कुरा गरेको टिप्पणी गरे ।
मन्त्री बस्नेतले आफूले कलबाईपास घोटाला नियन्त्रण गर्नका लागि सो प्रविधिको खरिद प्रक्रिया अघि बढाउन सहमती दिएको पनि बताए ।
उनले सो प्रकरणमा आफूले गल्ती नगरेको जिकिर गर्दै आफूमाथि उजुरी दिनेको नाम पनि समय आएपछि सार्वजनिक गर्ने बताए ।
मन्त्री बस्नेतमाथि पनि सो घोटाला प्रकरण आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ गरेको थियो ।
मन्त्री बस्नेतले सो प्रकरणमा आफू निर्दोष रहेको र प्रमाणित भए कारबाही भोग्न तयार रहेको बताए ।








