लिङ्देनले दिए संसद् अवरुद्ध गर्ने चेतवनी
२०८० फागुन १४ गते

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा उठेको प्रश्नको जवाफ नआए संसद अवरुद्ध गर्ने चेतावनी दिएका छन् । सोमबारको संसद् बैठकमा बोल्दै उनले प्रतिपक्षले राखेका जायज माग र प्रश्नको सरकारले जवाफ नदिए संसद अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।
अध्यक्ष लिङ्देनले बालकुमारी घटना प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरे । उनले भने, ‘लघुवित्त र दूध किसानको समस्या समाधान गर्नुपर्छ। अब पनि हामी आवाज उठाएर टुलुटुलु हेरेर बस्न सक्दैनौं। म लामो कुरा भन्दिनँ। मिटरब्याज, लघुवित्त र दूध उत्पादक किसानको विषयमा आउने बैठकभित्रमा ठोस सम्बोधन नगरे हामी संसद् अवरोध गर्छौँ।’
२०८० फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित








