उपत्यकामा लुटपाट चोरी र ठगी गर्ने व्यक्तिहरू सार्वजनिक (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकामा लुटपाट, चोरी तथा ठगी गर्ने विभिन्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै माघ २५ गते काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं। १ झोरमा १ करोड ५२ लाख रुपैयाँ बराबरको धनमाल डकैत गर्न संलग्न ६ जना व्यक्तिहरूलाई पक्राउ गरेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले माघ २५ गते काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नं. १ झोरमा रसुवा गोसाइकुण्ड गाउँपालिका वडा नं. १ बस्ने वर्ष २५ को कार्साङ लामा र सिन्धुपाल्चोक घर भएका कुसाङ लामाको साथबाट नगद २५ हजार रुपैयाँ, सुनको १८ तोला तौल भएको बुटिल ३ जोर, बहुमूल्य सिमला मुगा माला जडित सुनको घवा, आइफोन १२ र उनीहरुले चढिआएको ४२८३ नम्बरको मोटरसाइकल गरी अन्दाजी १ करोड ५२ लाख बराबरको धनमाल डाका गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको बताए । पक्राउ पर्नेमा लुटपाटमा संलग्न सोनाम थापा र टाँसी तामाङ रहेका छन् ।

त्यस्तै लुटेर ल्याइएको सुन किन्नेहरू अनन्तराज घिमिरे, आमोल बालुफुके, देवासी सावन्त र कार्तिक पाइका रहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट नगद १९ लाख ५० हजार रुपैयाँ, सुन २९५.३ ग्राम सुन, ५ थान मोबाइल र ३ थान मोटरसाइकल बरामद गरिएको उनले बताए ।

त्यसैगरी, फागुन ६ गते ललितपुर महालक्ष्मी नगरपालिका वडा नं। १ इमाडोल बासुकी टोलस्थित मनिष डाँगीको घरमा ४५ लाख बराबरको धनमाल चोरी गर्ने ३ जना व्यक्तिलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनुप तामाङ, रविन तामाङ र राजन श्रेष्ठ रहेका छन् । उनीहरूको साथबाट नगद १ हजार ९९६ रुपैयाँ विभिन्न देशका नोटहरू ५१ थान र विभिन्न प्रकारका गरगहना पनि बरामद भएको छ ।

त्यस्तै डलर देखाइ ठगी गर्ने गिरोहका ३ जनालाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रामबहादुर तामाङ, विवि तामाङ र शंकर योगी रहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =