लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्छ : कृष्णप्रसाद सिटौला (भिडिओ)

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्नु काँग्रेसको दायित्व भएको बताएका छन् ।

आइतबार कांग्रेसबाट नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै नेता सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्नु काँग्रेसको नेतृत्वदायी दायित्व भएको बताएका हुन् ।

उनले पार्टीहरूलाई राष्ट्रहितको बाटो देखाउने दायित्व पनि काँग्रेसकै काँधमा रहेको बताए ।

‘नेपाली काँग्रेसको अरू पार्टीको भन्दा अलि बढी दायित्व छ जस्तो मलाई लाग्छ । हामी संगठनले थोरै हौँ अथवा धेरै । अन्य पार्टी भन्दा नेपाली काँग्रेस पार्टीको दायित्व सदैव बढी हुन्छ’उनले भने ‘शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्दै लिएर हिँड्ने नेतृत्वदायी दायित्व पनि कांग्रेसको काँधमा छ । अन्य पार्टीहरूलाई राष्ट्रहितको पथप्रदर्शन गर्ने, बाटो देखाउने दायित्व पनि काँग्रेसकै काँधमा छ ।’

उनले काँग्रेसले सबैसँग सहमती, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्नु भुमिका खेल्नुपर्ने बताए ।

उनले काँग्रेसबाट निर्वाचित राष्ट्रिय सभा सदस्यहरूले अन्य पार्टीहरूसँग पनि सहकार्य गरेर जनताको स्वार्थ अनुकूल काम गर्नुपर्ने बताए ।

‘त्यसैले हामीले सबैलाई मिलाएर सहमती, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्नु पनि छ । व्यवस्थाको माध्यमबाट जनताको अधिकारको रक्षा पनि गर्नुछ’ उनले भने‘जनतालाई आर्थिक प्रगति पनि दिनुछ । नेपाल स्वतन्त्र, स्वाधीन देश छ । सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भनेर दुनियाँलाई प्रमाणित गर्दै पनि जानुछ ।’

उनले सिंगो राष्ट्रलाई एकताबद्ध गरेर बलियो राष्ट्र निर्माण गर्नुपर्ने भन्दै त्यसका निम्ति पार्टीभित्र र बाहिर सबैसँग मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

नेता सिटौलाले राज्यका सम्पूर्ण संयन्त्रहरूलाई संविधान बमोजिम जनताको हितमा प्रयोग गर्नुपर्ने बताए ।

उनले आफूहरूले आगामी दिनमा जनताप्रति समर्पित भावले काम गर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + six =