तेन्जिङ नोर्गे खुल्ला आरोहण प्रतियोगिता सुरु (तस्बिरहरू)

काठमाडौँ । बौद्ध महांकाल स्थित क्रिम्पान्जी एड्भेन्चर हबमा तेन्जिङ नोर्गे खुल्ला आरोहण प्रतियोगिता आयोजना भएको छ ।

प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको सम्झनामा प्रथम तेन्जिङ नोर्गे खुल्ला आरोहण प्रतियोगिता आयोजना भएको हो ।

उक्त प्रतियोगितामा १२ वर्ष भन्दा माथिका २० महिला र ३८ पुरुष आरोहीहरू सहभागी छन् ।

आयोजकका अनुसार प्रत्येक खेलाडीले निर्धारित ३ मिनेट भित्र निश्चित दुरी आरोहण गर्नु पर्ने र सोही आधारमा अङ्क दिइने छ । छनोट चरणबाट १६ जना सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल पुगेका मध्येबाट ८ जना अन्तिम प्रतिस्पर्धाको लागी फाइनलमा जानेछन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र पाउने छन् ।

उक्त प्रतियोगिता नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन र यूएस नेपाल क्लाइम्बर एसोसिएसनले संयुक्तरुपमा आयोजना गरेको हो ।

थप तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *