कांग्रेस बलियो बनाउन ‘संवाद यात्रा’ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बलियो बनाउन आफूले संवाद यात्रा सुरु गरेको बताएका छन्।

यात्राका क्रममा आज अपराह्न झापाको गौरीगञ्ज आइपुग्नुभएका महामन्त्री थापाले पार्टीका कार्यकर्ता, जनताका गुनासा र सुझाव लिन देशदौडाहास्वरुप ‘संवाद यात्रा’ सुरु गरिएको बताए । उनले संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा पार्टीमाझ पुर्याउने स्पष्ट पारे।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, जिल्ला सभापति देउमान थेवेसहित आइपुगेका उनले गौरीगञ्जको कुन्जीबारी र खजुरगाछीमा सर्वसाधारणसँग स्थानीय समस्याबारे जानकारी लिनुका साथै पार्टी कार्यकर्तामाझ अन्तरक्रिया गरेका थिए।

महामन्त्री थापाले कांग्रेसलाई जनतामाझ पुर्याउन यस यात्राले सघाउ पुर्याउने बताए।

सो अवसरमा कुन्जीबारीमा गौरीगञ्ज–१ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले हुलाकी सडक, कन्काई नदीमा निर्माणाधीन पुललगायतका स्थानीय समस्या राखेका थिए।

झापाको काँकडभिट्टास्थित मेची भन्सारबाट सुरु भएको संवाद यात्रा झापा हुँदै मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुगेर यही माघ २६ गते सकिने जनाइएको छ।

प्रतिक्रिया

One thought on “कांग्रेस बलियो बनाउन ‘संवाद यात्रा’ : महामन्त्री थापा

  1. कॅाकरभिट्टाबाट हैन, भद्रपुरको मेचीपुल छेउ भन्सारबाट शुरु भएको हो, गगन थापाको संवाद यात्रा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 3 =