विकासको गुणस्तर सुनिश्चित गर्न इन्जिनियरहरू इमानदार हुनुपर्छ : मुख्यमन्त्री कार्की
२०८० माघ १३ गते

नेपाल इन्जिनियर एशोसिएशन कोशी प्रदेशद्वारा विराटनगर–१० मा नवनिर्मित एशोसिएशनको प्रदेश कार्यालय भवनको शनिबार आयोजित उद्घाटन समारोहमा मन्तव्य व्यक्त्त गर्दै मुख्यमन्त्री केदार कार्की । तस्बिरः मनोज दाहाल / रासस
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विकास–निर्माणका परियोजनाको गुणस्तर सुनिश्चित गर्न इन्जिनियरहरू इमानदार हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल इन्जिनियर एसोसिएसन कोशी प्रदेशद्वारा विराटनगर–१० मा रु ७६ लाखमा निर्मित तीनतल्ले भवनको आज उद्घाटन गर्दै उनले गुणस्तरीय काम गर्न ठेकेदारलगायत निर्माणसँग सम्बद्ध सम्पूर्ण पक्षलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
उनले नेपालमा प्राविधिक शिक्षा गुणस्तरीय रहेको प्रमाण विश्वका विभिन्न विश्वविद्यालयमा तथा निजी क्षेत्रमा कार्य गरिरहेका नेपाली इन्जिनियरहरूले देखाएका बताए ।
भौतिक पूर्वाधार तथा विकासमन्त्री कमलप्रसाद जबेगुले प्रदेशका विकास–निर्माणका काममा समयमा नै सम्पन्न गरी जनतालाई विकासको अनुभूति गराउनुपर्छ भने ।
२०८० माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित








